नेपालका पहिलो गभर्नर हिमालय शमसेर राणाको ९५ वर्षकाे उमेरमा निधन

न्भेष्टाेपेपर ।  माघ २२, २०७९

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर राणाको ९५ वर्षकाे उमेरमा निधन भएको छ ।

उहाँको उपचारका क्रमममा थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार बिहान ६:३० बजे निधन भएको नेपाली कांग्रेसका नेता  तथा राणाको छोरी ज्वाई सुनीलबहादुर थापाले जानकारी दिनुभएकाे हाे ।

हिमालय शमशेर जवरा वि.स. २०१३ बैशाख १४ देखी २०१७ माघ २५ गतेसम्म जम्मा २ वर्ष ८ महिना राष्ट्र बैंकको संस्थापक गभर्नर तथा पूर्व अर्थ सचिव समेत हुनुहुन्थ्यो । उहाँले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र संघ अन्तर्गत विभिन्न देशमा रहेर काम समेत गर्नुभएको थियो ।

राणाको अग्रसरतामा सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी  र सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना भएको थियो । उहाँ हिमालयन बैंकको अध्यक्ष पनि हुनुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *