नेप्सेमा ५.४० बिन्दुले सामान्य सुधार,काराेवार घट्याे

इन्भेष्टाेपेपर । कार्तिक १८, २०७७

काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई एक हजार ६ सय ४३.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक आज १.१४ बिन्दुले उकालो लागेर ३२६.६० मा पुगेको छ । कूल १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ २.१७ र विकास बैंक १६.२१ ले ओरालो लाग्दा व्यापार ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, वित्त ५.४, निर्जीवन बीमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, लघुवित्त ६.८३, जीवन बीमा १४ र सामूहिक लगानी कोष ०.२७ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड तीन लाख २१ हजार ५३२ बराबरको कारोवार भयो ।

यस्तै, एनआइसी एशिया बैंक रु आठ करोड ३४ लाख ४८ हजार ९६७, प्राइम बैंक रु आठ करोड चार लाख ४९ हजार, एचआइडिसीएल रु छ करोड ३७ लाख ८९२, शिवश्री हाइड्रोपावर रु पाँच करोड ९७ लाख ६९ हजार ८९४, डिप्रोक्स लघुवित्त रु पाँच करोड १० लाख २७ हजार २०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा आज विशाल बजार कम्पनी ९.९६, सुमिट लघुवित्त ९.९२, पाँचथर पावर कम्पनी ९.७३, शिवश्री हाइड्रोपावर ९.४३ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ७.८६ प्रतिशतले कमाए ।

त्यस्तै, महालक्ष्मी विकास बैंक २.५५, दिव्यश्वरी हाइड्रोपावर २.५२, युनियन हाइड्रोपावर २.४४, जोशी हाइड्रोपावर २.३४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले गुमाए । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *