ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा
इन्भेष्टाेपेपर । असार १३ २०७९
काठमाण्डाै । ज्योति विकास बैंकले असार १२ गते आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेकोछ।बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनता माझ पुर्याउने उद्देश्यकासाथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।
बेसीशहर नगरपालिका वडानं. ८ बेसीशहर शाखाको समुद्घाट नबेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बैंकका संचालक नरेशराज आचार्यले संयुक्तरुपमा गर्नुभएको थियो।
उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
नयाँ शाखा उद्घाटनकोअवसरमा बैंकले बेसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, नि:शुल्क डलरकार्ड जारी, नि:शुल्क डिम्याटखाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिटकार्ड, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंगसेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी , कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएकोछ।
