माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरमा भक्तजन गणना गर्ने मेसिन जडान

इन्भेष्टाेपेपर ।  असार १३ २०७९

काठमााडैं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ । 

बैंकद्धारा हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा शनिवार आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तुवाचुङ नगरपालिका प्रमुख विमला राई एवं हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख रमेश कुमार राउतको समुपस्थितीमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त मेसिन हस्तान्तरण गर्नुभउकाे हाे । 

हाल प्रसिद्ध हलेसि मन्दिरमा दैनिक रुपमा सयौ दर्शनार्थीहरु दर्शन गर्न आउने भएपनि मेसिनको अभावमा एक दिनका के कति दर्शनार्थी दर्शन गरे भन्ने कुराको रेर्कड मन्दिरसंग नभएकाले बैंकले उक्त कुरालाई मध्यनजर गर्दै भक्तजनको संख्या गन्ने मेसिन हस्तान्तरण गरेको हो ।

बैंकले प्रदान गरेको मेसिनमा सिसि टिभि क्यामेरा जडान गरिएको हुनाले उक्त मेसिनले भक्तजनको संख्या गन्नुका साथै मन्दिरको सुरक्षामा समेत सघाउ पु्र्याउने छ । आन्तरिक पर्यटकको लागि आर्कषणको केन्द्रको रुपमा रहेको प्रसिद्ध हलेसि मन्दिरको संरक्षण र प्रर्वद्धनको लागि बैंकले मन्दिरलाई उक्त मेसिन हस्तान्तरण गरेको हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *