प्रताप दास र सुमी पराजुलीको स्वरमा ‘माया गर्ने तरिका’ सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर । मंसिर २७, २०८१

काठमाडौँ । गायक प्रताप दास र सुमी पराजुलीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । यादव लम्सालको शब्दमा ‘माया गर्ने तरिका’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतलाई संगीतकार अर्जुन पोख्रेलले संयोजन गरेका हुन् । मुस्कान ढकालको निर्देशनमा बनेको गीतको भिडियोमा भने कलाकार रमेश विश्वकर्मा, कविता नेपाली, प्रकाश सुनारलगायतको अभिनय छ ।

रोशन विश्वकर्माको करियोग्राफीमा बनेको यो गीतलाई विकास दाहालले सम्पादन गरेका हुन् । याे गीत सुमी पराजुलीकाे यूट्यूब च्यानलमा अपलाेड गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *