राष्ट्र उत्थान लघुवित्तको आइपिओ निष्काशन बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त
इन्भेष्टोपेपर । असार १५, २०७८
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायब कार्यकारी निर्देशक जया लाेहनी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७८ असार १४ गते हस्ताक्षर गर्नुभएको छ ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
