नयाँ बर्षकाे उपहार निता र शंकरले ल्याए युगल गीत “अदभूत माया” (भिडियोसहित)

न्भेष्टाेपेपर । वैशाख ३ २०८१

काठमाडौं । नयाँ बर्ष २०८१ दिन पारेर गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा “स्माइल” ले पनि युगल स्वरमा रहेको नयाँ गीत “अदभूत माया” पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ ।

मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा “स्माइल” सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन । गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त “स्माइल” ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *