काफलकाे फल मात्र हैन बाेक्रा र पातसमेत औषधीय गुणले भरिपूर्ण

इन्भेष्टाेपेपर ।  वैशाख १२, २०७९

काफल एक लोकप्रिय पहाडी सदाबहार बृक्ष हाे भने यसले वर्षकाे एकपटक मिठाे फल दिन्छ । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ।

काफलकाे वानस्पतिक नाम Myrics esculata हाे । यसको फलको रंग काँचोमा हरियो हुन्छ भने पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ ।

पहाड तिरका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खानमा तल्लिन रहन्छन् । काफल बन पाखामा पाइने स्वादिष्ट फल हाे । फलको रुपमा मात्र नभै काफलकाे रूखकाे बाेक्रा, पात विभिन्न औषधीय गुणहरूले भरिपूर्ण छ ।

काफलका औषधीय गुणहरू…

कर्णशूलमा: काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ ।

अतिसारमा: तीन ग्राम काफलको बोक्रा र तीन ग्राम बालो बेलको काढा पकाई एक-दुई ग्राम तीन-चार पटक पिए अतिसारमा आराम हुन्छ ।

मासिक धर्ममा: कैसर, कालो तिल र पुरानो गुड(शक्कर) र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।

नेत्र रोगमा: काफलको बोक्रा मसिनु पिधेर आँखा रातो भएमा र आँखा बिझाएमा अन्जन जस्तै लगाइदिए लाभ हुन्छ ।

घाऊ-चोटमा: बिग्रेको र चाँडै निको नहुने घाउमाकाफलको बोक्राको धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ ।

नपुंसकतामा: काफलको बोक्राको धुलो भैशीका दूधमा पिँधेर सुत्ने बेलामा मणीको भाग छाडेर लिंगमा लगाई सुत्ने र बिहान ऊठेर धुने । यस प्रक्रिया केही दिनमै यौवन फर्केर आऐ झै हुन्छ । हस्तमैथुन गरेर आएको नपुंसकतामा पनि यसले लाभ गर्छ ।

टाउको दुखाईमा: काफलको धूलो पारेर त्यसको नश लिए शिरको पिडा निको हुन्छ ।

दममा: काफलका बोक्राको काढा पाँच ग्राम चीनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ ।

पेट दुखेमा: काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।

दन्त पिडामा: काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । तीन दिनमा विसेक भएन भने नून मिसाएर मञ्जन गर्ने र त्यसको काढा पकाएर मनतातो बनाएर कुल्ला गर्ने गरे लाभ हुन्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *