नेपालमा ब्ल्याक शार्कका सामाग्रीहरूकाे औपचारिक बिक्री शुरु

न्भेष्टाेपेपर । मंसिर १३, २०८१

काठमाण्डाैँ । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट प्लेस मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको विशेष रुपमा लन्च गरेको हो ।

ब्ल्याक शार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य विभिन्न अफर समेत उपलब्ध गराइएको छ । प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँचयोग्य बनाउनका लागि सीमित समयका लागि ५० प्रतिशत छुट अफर उपलब्ध हुनेछ ।

त्यसैगरी पहिलो ५० ग्राहकले जीटी-३ नियो स्मार्टवाच र टी-९ इयरबडमा विशेष छुट प्राप्त गर्नेछन् । यी वाहेक शुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदान गरिने छ ।

सहभागीहरुमा उत्साह प्रदान गर्न र पुरस्कृत गर्नका लागि एक ग्रान्ड गिभअवे कार्यक्रम गरिने छ र यसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक शार्क प्रोडक्ट उपलब्ध गराइने छ ।

मोबाइलमान्डुले हाल पहिलो चरणमा विभिन्न मोडलका स्मार्टवाच र इयरबड बिक्रीका लागि उपलब्ध गराएको छ । आगामी दिनमा अन्य एसेसरिज समेत उपलब्ध हुने जनाइएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *