प्रदेश १ र २ मा कृषि वित्त तालिम

इन्भेष्टोपेपर ।  फागुन १६, २०७६ 

सेन्चुरी कमर्सियल बैंकका कर्मचारीहरुका लागि डेभ्लपमेन्ट एलायन्स नेपालले हालै प्रदेश नम्बर १ र २ मा एक दिने कृषि वित्त तालिम (Agriculture Sector Finance for Credit Staff) सम्पन्न गरेको छ ।

प्रदेश १ को विराटनगर र २ को बर्दिवासमा बेग्लाबेग्लै अयोजित उक्त तालिम कार्यक्रममा प्रदेश अन्तरगतका विभिन्न शाखाहरुमा कार्यरत क्रमशः ३५ र ४० जाना कर्मचारीहरु सहभागी रहेका थिए ।

उक्त तालिममा सम्बन्धित प्रदेशमा ब्यवसायिक रुपमा सवल देखिएका कृषि बाली तथा ब्यवसायमा केन्द्रित गरी कृषि कर्जा विश्लेषण सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रदेश १ मा चिया खेति, बंगुर पालन र कुखुरा पालन र प्रदेश २ मा उखु खेति, गोलभेडा खेती र मत्स्य पालन ब्यावसायलाई लक्षित गरी डेभ्लपमेन्ट एलायन्स नेपालका सम्बन्धित विषयका विशेषज्ञहरुहरुले कर्जा विश्लेण सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सेन्चुरी कमर्सियल बैंकका कृषि कर्जा प्रमुख प्रविन दाहाल र डेभ्लपमेन्ट एलायन्स नेपालका प्रमुख कार्यकारी निर्देशक प्रसिद्ध सिंह सुवालको समेतको उपस्थिति रहेको थियो ।

विगत लामो समयदेखि कृषि विकास बैकले कृषि क्षेत्रलाई केन्द्रित गरी कर्जा लगानी गरिरहेकोमा गत आ.व. देखि सबै वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा तथा सापटको १० प्रतिशत अनिवार्य रुपमा कृषि क्षेत्रमामात्र कर्जा लगानी गर्नु पर्ने बाध्यात्मक ब्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।यस अघि कृषि र उर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने ब्यवस्था रहदा बाणिज्य बैंकहरुले उर्जा क्षेत्रमा कर्जा लगानी केन्द्रित गर्दै आएका थिए ।

कृषि कर्जा लगानीको पर्याप्त अनुभव नहुँदा अधिकांश “क” वर्गका बैंकहरुलाई प्रभावकारी रुपमा कर्जा कार्यक्रम संचालनगर्न कठिनाइ रहेको सन्दर्भमा यस प्रकारको तालिमबाट कृषि कर्जाको विश्लेषण सम्बन्धमा सम्बन्धित बैंकका कर्मचारीहरुको दक्षता अभिबृद्धी भइ विद्यमान व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यविधिमा गरिएको ब्यवस्था बमोजिम गुणस्तरीय रुपमा कृषि कर्जा विस्तार गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *