आजदेखि राजधानीमा आर्थिक तथा वित्तीय सम्मेलन

इन्भेष्टोपेपर ।  फागुन १६, २०७६ 

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलन आजदेखि राजधानीमा शुरू हुँदैछ। नेपाल राष्ट्र बै‌ंक अनुसन्धान विभागले आयोजना गर्न लागेको सम्मेलनका लागि आवश्यक तयारी पूरा भएको राष्ट्र बै‌ंकका प्रवक्ता डा. गुणकर भट्टले जानकारी दिनुभयाे।

शुक्रबार र शनिबार आयोजना हुने सम्मेलनमा १८ वटा सत्रमा ७२ वटा  अनुसन्धान तथा प्राज्ञिक कार्यपत्रका साथै मौद्रिक, अन्तर्राष्ट्रिय व्यापार, श्रम, पर्यटन समावेशी र दिगो विकासजस्ता विषयमा ३० वटा विदेशी र बाँकी नेपाली विज्ञको प्रस्तुति रहने राष्ट्र बैङ्कले जनाएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय दातृ समुदायका प्रतिनिधि, नेपाल सरकारका सम्बद्ध अधिकारी, अनुसन्धानदातालगायतको सहभागिता रहने प्रवक्ता डा. भट्टले जानकारी दिनुभयाे।  

सम्मेलनमा गरिएका छलफल एवं सूचना तथा अनुभव आदानप्रदानले  नीति निमार्णमा सहयोग पुग्ने आशा बैड्कले राखेको छ ।

सम्मेलन आयोजना गर्नका लागि डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गभर्नर कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल माताङ्गी मास्के, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र अनुसन्धान विभागका निर्देशक डा. रामशरण खरेल रहेको आयोजक समिति छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ,

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *