गोरखाली छाेराे जसले धेरै मासु खाएर विश्व रेकर्ड राख्न चाहान्छन्

इन्भेष्टोपेपर । भाद्र ०८, २०७७ 

काठमाडौ । मान्छेले मासु कति खान सक्छ ? एक किलो किनेर घरका सबै परिवारलाई बाडेर खाने चलन अझै पनि छ । दशैमा समेत २–४ किलोले धेरै मानिस सन्तुष्ट हुन्छन् तर गोरखामा एक जना यस्तो व्यक्ति हुनुहुन्छ जसले मासु खाएकाे देखेर सबैजना चकित पर्छन ।

यसरी प्रशस्त मासु खान सक्ने सन्तोष अम्गाई (झलक) गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. २ मा बस्नुहुन्छ । पेशाले उहाँ इलेक्ट्रिसियन हुनुहुन्छ । निकै मिलनसार र सहयोगी भावना भएका सन्तोष मासु भनेपछि हुरुक्कै हुनुहुन्छ ।

साधारण व्यक्तिलाइ झै उहाँलाइ थाेरै मासुले उहाँलाई अघाउन्जेल पुग्दैन । ६ किलो खसीको मासु खाएर गाउँलेलाई नै चकित बनाएका सन्तोषले फेरी ९ किलो कुखुराको मासु एक्लै सकेर अर्को चकित पार्ने रेकर्ड बनाउनु भएकाे छ । उहाँको इच्छा भनेकै धेरै मासु खाएर विश्व रेकर्ड राख्ने हो । यो रेकर्ड सहजै राख्न सक्ने उहाँको दावी छ । (पत्रपत्रिकाबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *