ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक संकेत बोर्ड हस्तान्तरण
इन्भेष्टोपेपर । भाद्र ०८, २०७७
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच बैंकको गाइघाट शाखाका प्रबन्धक रविन राज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होम प्रसाद खनाललाई उक्त जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरुमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताउनुभयो ।
बैंकको गाइघाट शाखाका प्रबन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।
