इन्भेष्टमेन्ट मेगा बैंककाे ‘एक खाता, एक विरुवा’ कार्यक्रम अन्तर्गत टोखा नगरपालिकामा वृक्षारोपण

न्भेष्टाेपेपर । कात्तिक २३, २०८०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले “NIMB Green Future Savings Account” अन्तर्गत “एक खाता, एक विरुवा” अभियानद्घारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ ।

बैंकले प्रत्येक यस प्रकारकाे खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ । बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५०० वटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो ।

वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधीहरु, महिला स्वयंसेविकाहरु तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश के.सी. र अन्य प्रहरी बल को उपस्थिति थियो ।

यस खाताको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई भविष्यका लागि बचत गर्न प्राेत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनु रहेको छ । याे खाता रु ५०० रुपैयाँमा खोल्न सकिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *