रमण रेग्मीको ‘व्यथा साह्राे छ, हामी जनतालाई धेरै गाह्राे छ’ सार्वजनिक (भिडियोसहित)

इन्भेष्टाेपेपर ।  कार्तिक २६, २०७९

काठमाडौं । ‘व्यथा साह्राे छ, हामी जनतालाई धेरै गाह्राे छ’ सार्वजनिक भएको छ। सुमधुर स्वरका धनि गायक रमण रेग्मीको स्वर, शब्द र अभिनय रहेको म्युजिक भिडियो उनीलाई सिर्जना पोखरेल र कमल रेग्मीले साथ दिएका छन् ।

जहाँ उनीहरुको जिबन्त अभिनय देख्न सकिन्छ। गायन संगै समाज सेवामा समेत सक्रिय गायक रेग्मीले यसअघि घर त लगनखेल, खुल्ला जमिन , मेसो पा छैन , तिमीलाई भेटेदेखि लगायतका गीतहरु बजारमा ल्याइसकेका छन्।

हरि लम्सालको संगीत रहेको गीतमा नेपाली जनताको समसामयीक समस्या देखाईएको छ। गीतको म्युजिक भिडीयोलाइ केशबराज भट्टले निर्दशन गरेका हुन्।

भिडियोमा नवराज उप्रेतीको छायांकन, सबिना कुवर रेग्मीको निर्माण, दिन्सोन शाहको सम्पादन र कलर, मिनाक्षी भट्टराईको मेकअप समाबेस रहेको छ। म्युजिक भिडियोमा इन्स्टा एजुकेशन एंड भिषा सर्भिस सहकार्य गरेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *