सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया

न्भेष्टाेपेपर । माघ १५, २०८०

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित हुनु भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको छ ।

अध्यक्षमा नियुक्त रतन लाल केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ गर्नु भई अध्यक्षको पदभार ग्रहण गर्नु भयाे । साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ गर्नु भई सञ्चालकको पदभार ग्रहण गर्नुभयो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *