ब्राजिलका स्वास्थ्यमन्त्रीकाे एक महिना नपुग्दै राजीनामा

इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७

काठमाण्डाै – ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले पदबाट राजीनामा दिनुभएको छ ।

कोरोना भाइरसको महामारीविरुद्ध सरकारले गरिरहेका काममा असन्तुष्टि जनाउँदै उहाँले राजीनामा दिएको बीबीसीले जनाएको छ । कोरोना नियन्त्रणमा भइरहेका काममा चित्त नबुझेपछि स्वास्थ्यमन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको झण्डै एक महिनामा नै राजीनामा दिएका खबरमा उल्लेख छ ।

उहाँले कोरोना भाइरसको महामारीकाबीच राष्ट्रपति जायर बोल्सोनारोले जिम र ब्यूटीपार्लर खुलाउने निर्णय गरेपछि असन्तुष्टि जनाउनु भएको थियो । तर उहाँले पत्रकार सम्मेलनमा आफ्नो राजीनामाबारे केही पनि खुलाउनु भएको छैन ।

राष्ट्रपति जायर बोल्सोनारो लकडाउनको विपक्षमा हुनुहुन्छ । तर स्वास्थ्यमन्त्री नेल्सनको यसमा असहमति रहेको खबरमा उल्लेख छ । गएको मार्च १५ मा राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देतालाई बर्खास्त गरी नेल्सनलाई स्वास्थ्यमन्त्री बनाउनु भएको थियो ।

तर नेल्सन पनि उहाँको नीतिमा असन्तुष्टि हुँदै बाहिरिनु भएको छ । ब्राजिलमा अहिलेसम्म २ लाख १८ हजार २ सय २३ जना सङ्क्रमित छन् भने १४ हजार ८ सय १७ जनाको ज्यान गएको छ ।

— एजेन्सी / उज्यालाे अनलाइन

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *