नागरिक लगानी कोषको हकप्रद शेयर निश्काशन सम्झौता

इन्भेष्टोपेपर । भाद्र ०२, २०७७ 

नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चारका दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको छ । 

प्रति शेयर रु.१००÷—दरले कित्ता हकप्रद शेयरको १ अर्ब ३५ करोड ९२ लाख ,५९ हजार २ सय रकम बराबरको हकप्रद शेयर निश्काशन गर्न लागेको हो । 

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ । 

हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गर्नु भएको हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *