सज्जा चौलागाईं : ‘नेपाल आइडल सिजन ३’ की विजेता

इन्भेष्टोपेपर । भाद्र १३, २०७७

मोरङकी सज्जा चौलागाईं ‘नेपाल आइडल सिजन ३’ की विजेता बन्नु भएकाे छ । महिला प्रतिस्पर्धीले नेपाल आइडलमा विजेता बनेकाे यहि नै प्रथम पटक हाे । त्यस्तै यस प्रतियाेगितामा प्रवीण बेडवाल फस्ट रनरअप हुनुभएकाे छ भने किरण कुमार भुजेल दोस्रो रनर अप ।

नेपाल आइडल बन्नुभएकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाउनु भयाे । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार मै चित्त बुझाउनु पर्याे  ।

नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गर्नु भएकाे हाे । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् ।

यस पटककाे नेपाल आइडलकाे विजेता घाेषणा हिजाे शुक्रबार राती ९ बजे पछि भएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *