प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई

न्भेष्टाेपेपर । फागुन २०, २०८०

काठमाण्डाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनुभएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश गर्नु भएका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिनुहुन्छ । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेको अनुभव छ ।

साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनु भएको थियो ।

२०८० फागुन १८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुनुहुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *