शिशिर घिमिरे स्मृति प्रतिष्ठानव्दारा छात्रवृत्ति तथा कविता वाचन कार्यक्रम सम्पन्न

न्भेष्टाेपेपर ।  वैशाख ९, २०८२

बर्दिवास । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बर्दिवासस्थित विनायक ब्याङ्केटमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा प्रा. डा. सुमन कर्माचार्यलाई शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ प्रदान गरिएको थियो ।

जनवादी लेखक संघ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा विशेष क्षमता भएका दुई विद्यार्थी—गरिमा परियार र दिनेश महतोलाई जनही रू. ५५५५ र साहित्यप्रेमी मिना देवकोटाबाट सुस्मिता कट्वाललाई रू. २५५५ छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा मधेस, कोशी र बाग्मती प्रदेशका विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूले कविता, गीत र गजल वाचन गरेका थिए । सहभागीतामध्ये प्रमुख सर्जकहरूमा कुमार कुसुम, सुमित्रा आचार्य, बोधकुमार घिमिरे, लम्बोदर काफ्ले, डा. सुमन कर्माचार्यलगायत थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *