बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ

न्भेष्टाेपेपर । कात्तिक ५, २०८१

हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा ९१० बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा ९४० बमोजिम अध्यक्ष पदमा नियुक्त गर्नुभएको हो ।

त्रिवेणी गाउँपालिका–१ नवलपरासी निवासी श्रेष्ठ लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो । पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलबीच सहमति हुन नसक्दा सात महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *