स्पर्श लघुवित्तको आईपिओमा ३३ गुणा बढी आवेदन
Investopaper, फाल्गुन ३०, २०७५
फाल्गुन २६ गते देखि २९ ते सम्मकाे लागी खुलार्इएकाे स्पर्श लघुवित्तको आईपिओमा ३३ गुणा बढी आवेदन परेको छ ।
सिअाश्वाबाट मात्र हिजाे ५ बजे सम्म ८३ करोड २७ लाख ६३ हजार रुपैंयाको आवेदन परेको हाे । अन्य कागजी प्रणालीबाट परेका आवेदनको तथ्यांक संकलन भईनसकेका कारण यो तथ्यांकमा अझै परिमार्जन हुन सक्ने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
याे साधारण शेयरकाे लागी अावेदन दिनेकाे संख्या ३ लाख ३ हजार ४४ जना रहेकाे सानिमा क्यापिटलले जनाएकाे छ । औसतमा हेर्दा एक आवेदकले लघुवित्तको २७.४७ कित्ता शेयर माग गरेको देखिन्छ ।
उल्लेखित तथ्यांकका आधारमा हेर्दा पनि ८ प्रतिशत आवेदकले मात्र लघुवित्तको शेयर पाउने छन् भने ९२ प्रतिशतको हात खाली हुने देखिन्छ । देशभरीबाट परेका आवेदनको तथ्यांक संकलन भईनसकेकाले आवेदकको संख्या बढ्न सक्ने समेत बताएको छ ।
कूल २ लाख ६९ हजार ६३ कित्ता साधारण शेयर निष्काशन गरेकोमा ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ ९५ प्रतिशत छुट्टाएको छ ।
लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर सर्वसधारणहरुबाट दुई लाख ५२ हजार कित्ता शेयरमा आवेदन माग गरेको थियो ।
