मुक्तिनाथ विकास बैंकका ग्राहकलाई इस्माइल मेकरस् डेन्टल होममा विशेष छुट

इन्भेष्टाेपेपर ।  असार १०, २०७९

काठमाण्डाँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको गोदावरी स्थित इस्माइल मेकरस् डेन्टल होमसँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ललितपुरमा रहेको इस्माइल मेकरस् डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफागर्ने, दाँतभर्ने र नक्कली दाँतहाल्नेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्यजुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *