आइएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच नगद रहित सेवा सम्झौता

इन्भेष्टाेपेपर ।  असार १०, २०७९

काठमाण्डाैँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु अस्पतालका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म चिरायु अस्पतालबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायु अस्पतालले आफना ग्राहक महाानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *