ज्योति विकास बैंकका ग्राहकहरुलाई “सिग्मा डायग्नाेष्टिक ल्याब”मा विशेष छुट

न्भेष्टाेपेपर । माघ १५, २०८१

काठमाण्डाैँ । ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित “सिग्मा डायग्नाेष्टिक ल्याब” मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। 

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *