भ्यालेन्टाइनमा सामसुङ ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजमा आर्कष छुट

न्भेष्टाेपेपर । माघ १५, २०८१

काठमाण्डौ । सन् २०२५ को भ्यालेन्टाइन सिजनमा, सामसङ नेपालले ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनमा प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफर मार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको छ ।

यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबि) खरिद गर्न चाहनु भएका ग्राहकहरुले सो खरिदमा रु.२५,०००/– सम्मको बचत गर्न सक्नु हुनेछन् । यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा रु.५,४९९/– मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा रु.५,४९९/– मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्नु हुने छन् ।

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट केवल आफ्नो नागरिकता राखेर ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र ०% ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *