स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बनायाे पहिलो नेपाली सीईओ

न्भेष्टाेपेपर । मंसिर २५, २०८१

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा गोरखशमशेर राणा नियुक्त भएका छन् ।

सन् १९८७ देखि नेपालमा सञ्चालनमा आएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा शुरूदेखि नै विदेशी सीईओ नियुक्त हुँदै आएको थियो । नयाँ सीईओका रूपमा राणाको नियुक्तिले यो क्रम तोडिएको छ ।

वर्तमान सीईओ अनिर्वाण घोष दस्तीदारको पदावधि सकिएसँगै राणाले नयाँ सीईओको जिम्मेवारी पाएका हुन् । बैंक स्रोतका अनुसार राणाले जनवरी २०२५ बाट सीईओका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । राणा यो २०२२ को जनवरी १ मा यो बैंकको डेपुटी सीईओ नियुक्त भएका थिए ।

नेपालमा सञ्चालनमा रहेका बैंकमध्ये एक मात्र अन्तरराष्ट्रिय बैंकको हैसियत प्राप्त स्ट्यान्डर्ड चार्टर्ड आइक्रा नेपालबाट आइक्राएनपी आईआर ट्रिपल ए रेटिङ पाउने एक्लो बैंक पनि हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *