काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा
Investopaper, जेष्ठ २४, २०७६
काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा दिइने भएको छ ।
सरकारले जेठ २६ गते अर्थात आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको छ । राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइने चलन छ ।
