सनराइज फष्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

न्भेष्टाेपेपर । साउन २८, २०८०

काठमाण्डाैँ । लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवर्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेड बाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फष्ट म्युचुअल फण्ड योजनाले लाभांश घाेषणा गरेकाे छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फष्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६% का दरले हुन आउने रकम रु.१३,७६,००,०००।– (अक्षरुपी तेह्र करोड छयत्तर लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरिएको हाे । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना पछि प्रकाशित गरिने भएकाे छ ।

विगत ३ वर्षमा सनराइज फष्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *