गर्भावस्थाका मुख्य लक्षणहरु तथा गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरु

Investopaper, फाल्गुन २८, २०७५

गर्भावस्थाका मुख्य लक्षणहरुः

Ø    समयमा महिनावारी नहुने
Ø    थकाइ लाग्ने वा जिउ गल्ने
Ø    शरीरमा ज्वरो आएजस्तो लाग्ने
Ø    कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने
Ø    बारम्बार पिसाव लाग्ने
Ø    स्तन गानिएर आउने, ठूलो हुने
Ø    ढाड (तल्लो भाग ) दुख्ने
Ø    गर्भ रहेपछि हल्का रक्तश्राव हुने
Ø    टाउको दुख्ने
Ø    दिक्क लाग्ने वा तनाव हुने
Ø    बिहान उठ्ने बित्तिकै बिरामी हुने

गर्भावस्थाका शारीरिक परिवर्तनहरूः
पहिलो १२ हप्ता
Ø    खाना अमन हुने,
Ø    वाकवाकी लाग्ने,
Ø    स्तन दुख्ने तथा भारी हुने

  १३– २८ हप्ता
Ø    वाकवाकी लाग्न हराउने
Ø    छालाको रङ परिवर्तन हुने
Ø    मुखमा चायाँ, पोतो आउने
Ø    पेट बढेको देखिने
Ø    पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने
Ø    पहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र  पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन्।

२८ देखि ४० हप्ता
Ø    पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने
Ø    बढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्ने
Ø    ढाड दुख्ने
Ø    आठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने
Ø    नवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुने

गर्भावस्थाका असाधारण लक्षणहरुः
Ø    ज्वरो आउने
Ø    योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने
Ø    पिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुने
Ø    पखाला लाग्ने, निरन्तर वान्ता हुने
Ø    पेट दुख्ने
Ø    टाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०/९० भन्दा माथि हुने
Ø    अत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने
Ø    पैताला, हत्केला र शरीर चिलाउने

प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरुः

Ø    सफा रहने र सधै नुहाउने
Ø    पौष्टिक खाना खाने
Ø    हलुका, खुकुलो र आरामदायी कपडा लगाउने
Ø    ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने
Ø    तनावयुक्त काम नगर्ने
Ø    आराम गर्ने
Ø    चिल्लो, पिरो,अमिलो आदि नखाने
Ø    ९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने
Ø    राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने
Ø    कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने
Ø    जाँड, रक्सी तथा चुरोट नपिउने
Ø    विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने
Ø    मोटरसाइकल/स्कुटर नचलाउने
Ø    शारीरिक सम्पर्क नराख्ने
Ø    चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने/प्रयोग नगर्ने
Ø    टिटानस सुई लगाउने

गर्भावस्थामा प्रोटिन, आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात, भटमास, गेडागुडी, जागर, ब्रोकाउली, काउली तरकारी खानुपर्छ ।

– विभिन्न पत्रपत्रिकाबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *