तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

न्भेष्टाेपेपर । असाेज ८, २०८०

काठमाडौं । धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप प्रतियोगिता २०८० सम्पन्न भएको छ । प्रतियोगितामा दुई वर्ग गरि १०३ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिता तारकेश्वर नगरपालिका नगरप्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता, तारकेश्वर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठको विशेष आतिथ्यता र धर्मस्थली ब्याडमिन्टन एसोसिएसनका सभापति विजय श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तारकेश्वर नगरपालिका नगरप्रमुख महर्जनले खेलकुद विकासका लागि नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो । हामीले पूर्वाधारसहित दक्ष जनशक्ति खेलकुद क्षेत्रको विकास र निर्माणमा आवश्यक बजेट विनियोजन गरेको र आगामी दिनहरुमा पनि युवा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम गर्ने बताउनुभयो ।

त्यस्तै तारकेश्वर नगरपालिका वडा नं.६ का वडाध्यक्ष घनश्याम श्रेष्ठले आयोजकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उनले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरु निरन्तर गर्नुपर्ने र वडाको सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगिता दुई वर्गमा खेलाइएको थियो । सी वर्गमा क्रमशः प्रथम हुने टेकप्रसाद, प्रवेश मगरलाई ३० हजार नगद, दोस्रो हुने लोक लामा र कुमार विकलाई १५ हजार नगद तृतीय हुने लक्ष्मण सुनुवार र प्रवीण सुनुवारलाई ५ हजार नगद सहित प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो ।

बी वर्गमा प्रथम हुने डेविड थापा मगर, विवेक चौधरीलाई ५० हजार नगद, दोस्रो हुने शशीन डंगोल, सुमन शाक्यलाई ३० हजार नगद, तेस्रो हुने अनिल मल्ल, नरेन्द्र बमलाई १० हजार नगदसहित प्रमाणपत्र मेडल र ट्रफी वितरण गरिएको थियो ।

नेपाल एस बी आई बैंक र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख प्रायोजनमा र कृषि विकास बैंकको सह प्रायोजनमा प्रतियोगिता आयोजना भएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *