ज्योति विकास बैंक लिमिटेडको १६औं वार्षिकोत्सव समारोह सम्पन्न

न्भेष्टाेपेपर । साउन ११, २०८१

काठमाण्डाैँ । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ। वि.सं. २०६५ सालको श्रावण ०९ गते स्थापना भएको ज्योति विकास बैंकले मिति २०८१ सालको श्रावण ०९ गते, बुधवार, गौरवमय १६ वर्षको सफल यात्रा पुरा गरि १७औं वर्षमा प्रवेश गरेको हाे।

प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गर्नुभएको थियो। उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व सञ्चालकहरु, कर्मचारीवर्ग र ग्राहकहरूको भव्य उपस्थिति रहेको थियो। बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। 

बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ। अध्यक्ष श्री हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत वेबसाइटको समुद्घाटन गर्नुभएको हो।

उक्त वेबसाइट प्रकाशन पश्चात् बैंकले प्रदान गरिरहेको सेवा-सुविधाहरूको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङ मार्फत अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोड लगायत विभिन्न बैंकिङ सेवाहरूको लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने भएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा  कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरि जम्मा ५० जनाले रक्तदान गरेका छन्। कार्यक्रममा बैंकको अभ्युदय र प्रगतिको लागि समर्पित अविछिन्न योगदान, अटुट विश्वास, र तिलस्मी सेवाको कदर स्वरूप विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीहरूलाई सम्मानित गरिएको छ। अध्यक्ष श्री हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकालले संयुक्त रूपमा कर्मचारीहरूलाई पदक तथा कदर–पत्र प्रदान गर्नुभएको हो।

कार्यक्रममा अध्यक्ष श्री हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १६ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिनुहुने समस्त ग्राहकवर्ग, शेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गर्नुभयो । उहाँले बैंक सामाजिक समृद्धिको साथै कर्मचारी विकासको लागि पनि अनवरत रुपमा सक्रिय रहेको र कर्मचारी दक्षता विकासका निम्ति विभिन्न वैदेशिक लगायतका तालिमहरुमा सहभागी भएको कुरालाई उजागर गर्नुभयो। अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत श्री ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले बैंकद्वारा उद्यमशीलता विकास, रोजगार सिर्जना, सिप अभिवृद्धि र समाज परिवर्तनको परिकल्पनाका साथ गरिएका विभिन्न कार्यक्रममा पनि प्रकाश पार्नुभयो। बैंकमा संस्थागत शुसाशन तथा कार्यसम्पादन क्षमता अनुरूप कर्मचारीलाई प्रोत्साहन गर्दै बैंकलाई “पर्फ़मर्स प्याराडाइज” बनाउन सोही अनुरूप संस्थागत संस्कृति विकास गर्न सक्रिय रही आएको बताउनुभयो।

त्यसैगरी, १६औं वार्षिकोत्सवको अवसरमा बैंकले विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको सम्झौता तथा उद्घोषण समेत गरेको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। 

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब ९०० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने  अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। 

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *