आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै

न्भेष्टाेपेपर । चैत्र २८, २०८०

काठमाण्डाैँ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ।  आज दिउँसो बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ।

उपायक्षका लागि  सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरेले मनोननय दर्ता गराउनुभएकाे छ भने नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराउनुभएकाे छ।

नयाँ सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *