उम्मेदवारको नामावली आज प्रकाशन गरिने

इन्भेष्टाेपेपर ।  वैशाख १५, २०७९

काठमाण्डाैँ । बैशाख ३० गते हुने पालिका चुनाव अन्तर्गत आज मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मनोनयनपत्र जाँचसँगै उम्मेदवारविरुद्ध परेका उजुरीहरुको छानबिन गरी निर्णय गरेर आज बेलुकी पाँच बजेसम्म नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ ।

भोलि १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *