सुनकाे मूल्यले दैनिकजसाे नयाँ कीर्तिमान बनाउँदै, तोलामा एक लाख ६० हजार नाघ्यो

न्भेष्टाेपेपर । असाेज ९, २०८१

काठमाडौँ ।  सुनको मूल्यमा बुधबार नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमाा लगातार मूल्यवृद्धि हुँदा यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपियाँले वृद्धि भएको छ । मङ्गलबार एक हजार नौ सय १५ रुपियाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ५५ पुगेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *