डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो, ग्यासकाे यथावत

न्भेष्टाेपेपर । चैत्र ३, २०८०

काठमाण्डाैँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५८ रूपैयाँ पर्नेछ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *