सहकारी छानबिन समितिको प्रतिवेदन तयार, हस्ताक्षरपछि आजै बुझाइने

न्भेष्टाेपेपर । भाद्र ३१, २०८१

काठमाण्डाैँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन तयार भएको छ । तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले प्रतिवेदन तयार गरेको हो ।  

समिति सदस्य ईश्वरी न्यौपानेका अनुसार राति ३ बजेसम्म बसेर छलफल गरी प्रतिवेदन अन्तिम टुङ्गो लगाइएको छ । ‘१० बजे हस्ताक्षर हुन्छ । आजै प्रतिवेदन हामी बुझाउँछौँ,’ न्यौपानेले भनिन् । 

प्रतिवेदनलाई सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा पेस गरिनेछ ।  समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *