थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा विभिन्न उपहार

न्भेष्टाेपेपर । भाद्र ३१, २०८१

काठमाण्डाैँ । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउन सक्नेछन्।

आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकहरु माझ लिएर आएको हो। सो योजना अन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा मोटरसाइकल देखि कार सम्म पनि पाउन सक्नेछन्।

शनिबार थकाली लङ्ग ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिट मार्फत उक्त योजनाको घोषणा गरेको हो। कम्पनीको अनुसार हरेक बोरा मा आकर्षक उपहारहरु राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, स्मार्टवाच का साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरुले‌ पाउन सक्नेछन्। साथसाथै केहि भाग्यशाली ग्राहकहरुले थकाली लङ्ग ग्रेन बास्मती चामलको खरीदमा उपहार स्वरुप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन्।

उक्त कार्यक्रम मार्फत नै कम्पनीले आफ्ना डिलरहरुको उल्लेखनीय योगदानको कदर गर्दै आफ्ना डिलर हरुलाई उनीहरुको दक्षता अनुसार थाइल्याण्ड, बाली तथा सिङ्गापुर भ्रमण लगायत एशियाकै लक्जरी क्रुज को आनन्द लिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

डिलरहरुको दक्षता र प्रतिबध्दता अनुसार डिलरहरुलाई थाइल्याण्ड वा बाली वा सिङ्गापुर भ्रमणमा पठाइने र साथसाथै उक्त भ्रमण अवधिभरको खाने-बस्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने शोही कार्यक्रम मार्फत कम्पनीले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *