चलचित्र ‘जुना : एक व्यथा’ को गीत ‘आमाको मुहार’ सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर । माघ १२, २०८१

काठमाडौँ ।  चलचित्र ‘जुना : एक व्यथा’ को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतले बालविवाहपछि एक युवतीले भोग्नु परेका पीडा र सङ्घर्षलाई मार्मिक रूपमा चित्रण गरेको छ ।

गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द तथा रमेश सेन्चुरीको सङ्गीत रहेको छ । भिडियोमा चलचित्रकी मुख्य पात्र अस्मिता ढकालसहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माता दीपकप्रसाद घिमिरेले चलचित्रमार्फत नेपाली समाजमा व्याप्त बालविवाह र महिला हिंसाका विकृतिलाई उजागर गर्ने उद्देश्य राखिएको बताउनुभयो । निर्देशक जीवन सेन्चुरीले यो एक ऐतिहासिक र विशिष्ट प्रकृतिको चलचित्र भएको उल्लेख गर्दै यसले नेपाली समाजका विभिन्न कुप्रथालाई सम्बोधन गर्ने प्रयास गरेको बताउनुभयो ।

गीतको भिडियोमा बालविवाहपछि एक युवतीले श्रीमान् र सासूबाट पाउने यातनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *