साम्राज्ञीकाे हट नृत्य रहेकाे ‘जोश छ जवानीकाे’ गीत सार्वजनिक

न्भेष्टाेपेपर ।  मंसिर २२, २०७९

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा साम्राज्ञी अहिले सम्मकै हट अबतारमा देखा परेकी छन् ।

‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीलाई हट एण्ड सेक्सी लुक्समा देख्न सकिन्छ । गीतको भिडियोमा पुष्प र सन्दीप क्षेत्री समेत फिचर्ड छन् । नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

योगेशकाजीको संगीत रहेको गीतमा रमेश एमके पौडेलको शब्द रचना तथा योगेशकाजी र सारिका घिमिरेको स्वर छ । रमेश एमके पौडेलको निर्माण र निर्देशन रहेको फिल्ममा सबीर श्रेष्ठ कार्यकारी निर्माता छन् ।

फिल्मको लेखन श्रेष्ठले नै गरेका हुन् । साम्राज्ञी र पुष्पका अलवा फिल्ममा इमिली लामा, सरोज खनाल, खड्कबहादुर पुन र दीपिशा केसीको समेत अभिनय छ । फिल्म पुस २९ गते रिलिज हुने तयारीमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *