सुनको मूल्यमा बृद्धी : फेरी प्रतितोला एकलाख नाघ्यो
इन्भेष्टाेपेपर । मंसिर २३, २०७९
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३ सय पुगेको छ, जुन बैशाख ११ गते यताकै सबैभन्दा उच्च भाउ हाे । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ७ सयमा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताेला रु ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय तोकिएको छ । सोको मूल्य अघिल्लाे काराेबार दिन बिहिबार प्रतितोला रु ९९ हजार २ सय तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार ३९० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताउनुभयो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार ९४६ डलर आसपास कारोबार भइरहेको छ ।
