देशकाे माटाे र आमाप्रति समर्पित ‘ताते गर्दै’ गीत सार्वजनिक

इन्भेष्टाेपेपर ।  फागुन १२, २०८२

काठमाडौँ ।  देशकाे माटाे र आमाप्रति समर्पित ‘ताते गर्दै’ बोलको गीत काठमाडौँमा एक समारोहबिच सार्वजनिक भएको छ ।

विदेशमा बसेर नेपाली गीत–सङ्गीतलाइ माया गर्ने गायिका नीता आचार्यको स्वर तथा विश्व साइकलयात्री पुष्कर शाहको शब्दमा रहेको यस गीतमा शिशिर योगीले सङ्गीत भर्नुभएको छ ।  

यस गीतमा छायांकन प्रताप सिंहले कैद गर्नुभएको छ भने गीतको निर्देशन किरण श्रेष्ठले गर्नुभएको हो । उक्त गीत निता आचार्य यूट्यूब च्यानलमा अपलाेड गरिएकाे छ ।

गायिका आचार्य बिगत ३० वर्षदेखि अमेरिका बस्दै आउनुभएको छ । उहाँका अन्य दर्जनौ गीतले यसअघि पनि नेपाली गीत–सङ्गीत क्षेत्रमा छाप छोडी सकेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *