७२ लाख रुपैयाँ पर्ने संसारकै महँगो सिरानी

न्भेष्टाेपेपर । जेठ १०, २०८०

सिरक, डसनादेखि सिरानीसम्मको गुणस्तर र प्रकारले निद्रामा प्रभाव पार्दछन् । तपाईं हामीले कपासदेखि फाइबरसम्मका अनेक आकार प्रकारका सिरानी देखेकै छाैँ । तर ७२ लाख रुपैयाँ मूल्य पर्ने यति महंगाे सिरानीले सकैलाइ हैरान बनाउन सक्छ ।

नेदरल्याण्डमा उत्पादन गरिएको उक्त सिरानी संसारकै महँगो सिरानी हो । मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै एकजना फिजियोथेरापिस्टले उक्त सिरानीको डिजाइन गरेका हुन् ।

उक्त सिरानी तयार गर्नमा पूरै १५ वर्ष लागेको थियो भने त्यस विषयमा विभिन्न अनुसन्धान समेत गरिएको थियो । संसारकै महँगो यो सिरानीको मूल्यचाहिं ५७ हजार डलर अर्थात् करिब ७२ लाख रुपैयाँ पर्दछ । यो सिरानीको भित्र भरेको कपास रोबोटिक मिलिङ मेसिनले भरेको हो ।

यो सिरानीको चेनमा ४ वटा हिरा जडान गरिएको छ भने एउटा निलम पनि जडित छ । यो सिरानीलाई एउटा ब्राण्ड बक्समा प्याक गरी बेचिन्छ । अनिद्राको समस्या भएका मानिसहरू यो सिरानीमा मज्जाले निदाउन सक्ने शोधकर्ताको भनाइ छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *