छुटला है ! साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इन्भेष्टोपेपर । आश्विन १०, २०७

काठमाडौं । असोज ६ गतेदेखि निष्कासन तथा विक्री खुला भएको साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । 

कम्पनीको आईपीओमा शुक्रवार २ बजेसम्म १७ लाख १६ हजार जनाले आवेदन दिएका छन् ।

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् । 

विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार शुक्रबारसम्म २ करोड ४६ लाख कित्ताका लागि आवेदन परेको छ जुन सर्वसाधारणको लागि माग गरेभन्दा ३ दशमलव ८१ गुणा बढी हो । शनिवार कति जनाले भरे त्यसकाे जानकारी भैसकेकाे छैन ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले आइतवार निष्कासन बन्द हुने भएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *