आज स्थानीय बजारमा सुनचाँदीकाे भाउ घट्याे, घटनेक्रम जारी

इन्भेष्टाेपेपर ।  भाद्र १ २०७९

काठमाण्डाैँ । स्थानीय बजारमा तलमाथि भैरहेकाे सुनचाँदीकाे भाउमा आज पनि गिरावट देखिएकाे छ । हिजाे मंगलबार ७ सय रूपैयाँले घटेकाे सुनकाे भाउ आज बुधबार ५ सय रूपैयाँले घटेकाे छ । चाँदीमा भाउ पनि प्रतिताेला १० रूपैयाँले घटेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँ कायम भएकाे छ । हिजाे नेपाली बजारमा छापावाला सुन प्रतितोला  ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा काराेवार भएकाे छ । मंगलवार तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रूपैँयामा कारोबार भएको थियो । तेजाबी सुनकाे मूल्य पनि ५ सय रूपैयाँले घटेकाे हाे ।

यसैगरी, चाँदीकाे मूल्यमा पनि घटेकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २० रूपैयाँ थियाे भने आज प्रति ताेला १० रूपैंयाँले घटेरर १ हजार १ सय १० रूपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । अहिले ओरालाे यात्रामा रहेकाे सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *