टीट्वेन्टी विश्वकप : सुपर १२ को खेल आजबाट

इन्भेष्टोपेपर । कार्तिक ६, २०७८

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा शनिबारबाट सुपर १२ का खेलहरु सञ्चालन हुँदैछ। सुपर १२ अन्तर्गत आज दुई खेल हुँदैछ।

समूह चरणको खेलबाट श्रीलंका, बंगलादेश, नामिबिया र स्कटल्यान्ड सुपर १२ का लागि छनोट भएका छन्। नामिबिया र स्कटल्यान्ड पहिलो पटक सुपर १२ मा छनोट भएका हुन्। 

सुपर १२ मा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र बंगालदेश छन्। यसैगरी समूह ‘बी’मा भारत, अफगानिस्तान, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्यान्ड र नामिबिया छन्। दुवै समूहका पहिलो र दोस्रो स्थान हात पार्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

सुपर १२ अन्तर्गत आज समूह ‘ए’का खेल सञ्चालन हुनेछन्। आबुधाबीमा हुने पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ।

यसैगरी दोस्रो खेलमा इङ्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। दुबईमा हुने इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *