कस्ताे अचम्म ! जुम्ल्याहा सन्तानका बाबु भिन्दाभिन्दै

Investopaper, चैत्र १४, २०७५

बेइजिङ । चीनको झियामेन सहरमा एक अचम्मकाे घटना घटेकाे छ । उक्त शहरकी एक महिलाले यस्ता जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन् ।

डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो । महिलाले आफ्ना श्रीमानसँगै अर्का पुरुषसँग पनि सम्बन्ध स्थापित गरेको पनि उक्त रिपोर्टसँगै खुलासा भएको बताइएको छ ।

बावुआमा बनेको उक्त जोडी जब आफ्ना सन्तानको नाम प्रहरीकहाँ दर्ता गराउन गए त्यसबेला यस्तो कुराको खुलासा भएको हो । प्रहरीले डीएनए टेस्ट गराउने क्रममा यस्तो खुलासा भएको थियो ।

महिलाले स्वीकार गरिन् दुई पुरुषसँगकाे सम्बन्ध

सँगै जन्मिएका दुई सन्तानको भिन्न अनुहार देखिएपछि बावुले शंका गर्दै यसबारे चासो देखाए । फलस्वरुप प्रहरीकहाँ डीएनए टेस्टसँगै महिलालाई सोधियो । महिलाले भने सुरुमा जवाफ दिएकी थिइनन् । पछि डीएनए रिपोर्ट आएपछि आफूले फरक दुई पुरुषसँग सम्बन्ध राखेको स्वीकार गरेकी थिइन् ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *