दुई महासागर एकआपसमा भेटिँदा पनि पानी नमिसिने किन हाेला ?

इन्भेष्टोपेपर । कार्तिक २०, २०७८

काठमाडौं । पृथ्वीको कूल भागको ७१ प्रतिशत पानीले ढाकेको छ। पृथ्वीमा चार भागमध्ये तीन भागजति पानीले ओगटेको छ भने करिब एकभाग मात्र जमिन रहेको छ। पानीको भागमध्ये अधिकांस भाग महासागरले ओगटेको छ र केहीमात्र हिस्सा नदी, ताल तलाउहरुको छ।

सागर भन्ने बित्तिकै चारैतिर पानीले घेरेर रहेको ठाउँलाई बुझिन्छ। पृथ्वीमा जम्मा पाँचवटा महासागर छन् र त्यसमध्ये सबैभन्दा ठूलो तथा गहिरो महासागर प्रशान्त महासागर हो। वैज्ञानिक रुपमा पनि संसारमा भएका कयौं कुराहरु पानीमा रख्यो भने बिलाएर जाने खालका हुन्छन्।

तर एउटा तथ्यले हामीलाई सत्यमाथि आशंका गर्ने बनाएको छ। त्यो हो, एउटै स्थानमा भेट भएर पनि प्रशान्त महासागर र आन्ध्र महासागरको पानी एकआपसमा नमिसिनु।

किन मिसिँदैनन् त दुई महासागरका पानी ?

विश्वकै दुई ठूला महासागर आन्ध्र र प्रशान्त अलास्काको खाडीमा मिल्न पुग्छन्। तर आश्चर्य यी दुई महासागरको एकापसमा मिलन हुँदा पनि पानी भने मिसिँदैन। यो कुराले सयौं वर्षदेखि वैज्ञानिकलाइ पनि आश्चर्य बनाएको छ। एक आपसमा भेट भएपनि यिनीहरु आज सम्म मिसिएका छैनन्।

यो तथ्य वर्षौंसम्म बाहिर आउन सकेको थिएन। सन् २०१० मा केन्ट स्मिथ नाम गरेका एक फोटोग्राफरले अलास्कामा दुई महासागर भेट भएको तर नमिसिएको तस्बिर खिचेर इन्टरनेटमा राखे। यी दुई महासागरको पानी नमिसिएको देखेर यसले संसारलाई चकित बनायो।

तस्बिर खिचेर सार्वजनिक गरेसँगै पानी विशेषज्ञ तथा वैज्ञानिकहरुको खोज अनुसन्धानमा लागे। यससँग सम्बन्धित विशेषज्ञ तथा वैज्ञानिकले अनुसन्धान गरेर पत्ता लगाए कि प्रशान्त महासागर हिमालहरु पग्लेर हिमनदी हुँदै आएको पानीबाट बनेको महासागर हो।

र, आन्ध्र महासागर नुन र विभिन्न लवणीय तत्वहरु मिलेर बनेको महासागर हो। यिनीहरुको बनावट र उत्पत्तिको हिसाबले प्रशान्त महासागरको पानीको घनत्व कम रहेको छ भने आन्ध्र महासागरको पानीको घनत्व बढी रहेको छ।

यसकारण पनि यी दुई महासागरको पानी भेट भएपनि एक आपसमा मिसिन नसकेको हो। हिमालबाट पग्लिएर आएको हुनाले प्रशान्त महासागरको पानीको रङ हल्का निलो हुन्छ भने विभिन्न लवण मिसिएर बनेको आन्ध्र महासागरको पानीको रङ गाढा निलो हुन्छ।

त्यसकारण पनि यी दुई महासागरको पानी भेट भएपनि घुलमिल हुँदैनन्। यी दुई महासागर मिसिएको स्थानमा पानीको घुलन नहुँदा एउटा बारजस्तो रेखाको निर्माण हुन जान्छ। जसलाई कयौं मानिसहरुले धार्मिक कोणबाट हेर्ने र बुझ्ने समेत गरेका छन्।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *