एमाले केन्द्रीय कार्यालय प्रवलीकरण गरेर बस्न मिल्ने

न्भेष्टाेपेपर । आश्विन १०, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको छ । इञ्जिनियरहरुले बुझाएको प्रतिवेदनमा भदौ २४ को प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिनुभयाे।

पार्टीले तोडफोड र आगजनीपछि इञ्जिनियरलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने भनेर अध्ययन गर्न लगाएको थियो । उहाँका अनुसार सात कोठा ‘रेक्ट्रोफिट’ गर्न मिल्ने र एउटा छत काम नलाग्ने भएकाले पुनःनिर्माण गर्नुपर्ने इञ्जिनियरहरुको सुझाव रहेको छ ।

‘इञ्जिनियरहरुको प्रतिवेदनमा प्रवलीकरण गरेर कार्यालयको भवनमा बस्न मिल्ने भएको छ,’ उहाँले भन्नुभयाे, ‘बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा पनि पार्टी कार्यालयको भवनका विषयमा छलफल भएको छ, अब पार्टी कार्यालय त्यहाँ बस्ने कि अन्त बस्ने भन्नेमा पार्टीले चाँडै नै निर्णय गर्नेछ ।’

पार्टीको निर्वाचन विभागका प्रमुख आचार्यले आगजनी र तोडफोडबाट केन्द्रीय कार्यालयका सबै सामान जलेर नष्ट भएको बताउनुभयाे। उहाँले पार्टीले चाँडै नै केन्द्रीय कार्यालय भवनको प्रवलीकरण गर्ने जानकारी दिनुभयाे।

गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर तथा व्यवसायसमेत क्षतिग्रस्त भएका जनाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *